संघीय गठबन्धनको यस्तो छ आन्दोलनको कार्यक्रम
आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले भावी आन्दोलनको स्वरुपलाई लगभग अन्तिम रुप दिएको छ ।
गठबन्धनको केही दिनदेखि बसिरहेको बैठकले तयार पारिरहेको आन्दोलनको स्वरुपमा पहिला मधेसी मोर्चाले गरे जस्तो नाकाबन्दीको कार्यक्रम भने हुने छैन ।
तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृजेश चन्द्र लालले भावी आन्दोलनको कार्यक्रममा जनतालाई दुख पर्ने नाकाबन्दी जस्तो कार्यक्रम नहरने स्पष्ट पारे ।
रिपोर्टर्स नेपाल डटकमकोलागि प्रधानसम्पादक ऋषि धमलासँग कुरा गर्दै उनले भावी आन्दोलनमा ७५ वटै जिल्लामा जुलुस धर्ना, सिहदरवार घेराउ र आमहडताल जस्ता कार्यक्रम रहने जानकारी दिए ।
उनले अबको आन्दोलन लामो समयसम्म चल्न सक्ने निर्णायक हुने भएकोले कार्यक्रमलाई देशब्यापी बनाउने गरी तयारी भईरहेको छ । गठबन्धनको भोली बस्ने बैठकले आज छलफलमा आएका प्रस्तावहरुलाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी गरिएको तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले बताए ।
रायले अबको आन्दोलन जनतालाई नभई सरकारलाई दुख दिने खाले हुने बताए ।
यसैवीच संघीय गठबन्धनको घटक संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको नयाँ चरणको आन्दोलनमा समर्थन प्राप्त गर्न नेपालमा रहेका विदेशी कुटनीतिक नियोगका अधिकारीहरुसँग छलफल गर्ने भएको छ । यो छलफल विहीबार गर्ने गरी तयारी भईरहेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


