सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाईको क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।
सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्याएकाले बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला/खादा विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको उल्लेख छ।र यात्रुले सँगै लानुपर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरि राखेर मात्र लग्न पाइने सूचनामा भनिएको छ।
सूचनामा भनिएको छ- ‘हवाई यात्रु महानुभावहरुले यस त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाई स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाधी ल्याइने खादा आदि सुरक्षा जाचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु), कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अडकीइ उपकरणहरुलाइ गम्भीर क्षति पुर्याइ रहेको साथै यात्रुहरुले खादा/ मालाहरु विमानस्थलका बिभिन्न क्षेत्रहरुमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको हुदा विमानस्थल टर्मिनल भवन प्रवेशका दौरान सुरक्षा जाँचका समयावधि भर यस्ता माला,खादा आदि वस्तुहरु प्रयोग नगरीदिन हुन र यात्रु महानुभावले सँगै लानु पर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरि राखेर मात्र लगिदिन हुन यात्रु तथा सम्पूर्ण महानुभावहरुमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय हार्दिक अपिल गर्दछ ।’
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

