Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैँ अघि नै खेलाडी अक्सन हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, २९
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैँ अघि नै खेलाडी अक्सन हुने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडीले २० लाख पारिश्रमिक पाउने भएका छन् । आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ आयोजना हुने एनपीएलका आठ मार्की खेलाडीले हरेकले २० लाख पारिश्रमिक पाउने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् । साथै पारिश्रमिक बाहेक मार्की खेलाडीलाई फ्रेन्चाईजीले बोनस तथा अन्य थप रकम दिन सक्ने बताए ।

सचिव खड्काका अनुसार एनपीएलको नेपाली खेलाडीको अक्सन दशैँ अगाडी नै हुने भएको छ । उनले विदेशी खेलाडीहरुसँग अहिले समन्वय भएको र फ्रेन्चाईजीहरुलाई विदेशी खेलाडी भित्र्याउने स्वतन्त्रता दिइएको बताए । क्यानले आजै एक कार्यक्रमका बीच आठ मार्की खेलाडीको लक्की ड्रबाट फ्रेन्चाईजी छनौट गरेको छ ।

जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसैगरी मार्की खेलाडी  कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् ।  त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।  मार्की खेलाडी तीन बर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ ।

Top Changing Nepal

युट्युब सट्स