साफ यू-१७ च्याम्पियनसिपमा आज नेपालको सामना भुटानसँग
जानकारी केन्द्र
२०८१, आश्विन, ९
काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल प्रवेशका लागि नेपालले यो खेल जित्नैपर्ने अवस्था रहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार ५: ४५ बजेदेखि हुनेछ । समूह बी मा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ४-० गोलले पराजित गरेको थियो ।
भुटान चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । समान अंक भए पनि गोल अन्तरका आधारमा पाकिस्तान दोस्रो स्थानमा छ । आज नै पाकिस्तानले श्रीलंकासँग खेल्नेछ । भुटान र पाकिस्तानलाई बराबरीको नतिजा पनि अन्तिम चारमा पुग्न पर्याप्त हुनेछ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

