Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १२
कुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा

काठमाडौँ । अनवरतरुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रू. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना अन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरुमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स