बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप
काठमाडौँ । भारतले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । मंगलबार दोस्रो टेस्ट ७ विकेटले जतेर भारतले २ खेलको सिरिज २-० ले जितेको हो । यस टेस्टमा बंगलादेशले भारतलाई ९५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य भारतले ३ विकेट गुमाउदै पुरा गरेको थियो ।
खेलको तीन दिन बर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको थियो । चौथो दिनको खेल सकिदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको थियो र भारतभन्दा २६ रनले अझै पछाडी रहेको थियो । खेलको पाँचौं दिन बंगलादेश आफ्नो दोस्रो इनिंगमा केवल १४६ रन बनाएर अल आउट भएपछि भारतले ९५ रनको लक्ष्य पाएको थियो ।
यस अघि भारतले आज आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाउदै २८५ रन बनाएर इनिंग घोषणा गरेको थियो । भारतले पहिलो इनिंगमा ५२ रनको अग्रता लिएर इनिंग घोषणा गरेको थियो । त्यस्तै बंगलादेश आफ्नो पहिलो इनिंगमा २३३ रन बनाएर अल आउट भएको थियो ।
भारत र बंगलादेशले अब आइतबरदेखि ३ खेलको टी-२० सिरिज खेल्दै छन् ।
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

