Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

काग्रेस सांसद भन्छन,‘ तत्काल केपी ओलीको विकल्प खोजौ’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, २०
काग्रेस सांसद भन्छन,‘ तत्काल केपी ओलीको विकल्प खोजौ’

नेपाली काग्रेसका सांसदहरुले तत्काल बर्तमान सरकारको विकल्प खोज्न माग गरेका छन । उनीहरुले यो सरकारलाई विस्थापित गरेर सकेसम्म आफ्नै नेतृत्वमा नभए एमाओवादीको नेतृत्वमा सरकार गठन गर्न तत्काल पहल थाल्नु पर्ने सुझाव नेतृत्वलाई दिए ।
आज बसेको संसदीय दलको बैठकमा संसदहरुले मधेश समस्याको समाधान, संविधानको कार्यान्वयन र भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको कामलाई तिब्रता दिन पनि काग्रेसले सरकारको विकल्प खोज्नु पर्ने बताएका हुन ।
बैठकमा अधिकांश सदस्यहरुले अहिलेको सरकारलाई अब निरन्तरता दिइरहन नहुने तर्क गर्दै सबैभन्दा ठूलो दलको नाताले कि त काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने नभए एमाओवादीको नेतृत्वमा सरकार गठनका लागि छलफल चलाउनुपर्ने धारणा राखेका हुन ।
विमलेन्द्र नीधिले सरकारको विकल्प नखोजे मधेश समस्या थाँती रहने र संविधानको कार्यान्वयन पनि अलपत्र पर्ने भन्दै सबैभन्दा ठूलो दलका नाताले त्यसको अपजस काँग्रेसले पनि लिनुपर्ने भएकाले तत्काल सरकारको विकल्प खोज्नुपर्ने धारणा राखेका थिए ।
नीधिका अनुसार अधिकांश सदस्यहरुले पुनर्निमाणको काममा भएको ढिलासुस्ती, न्यायालयमा गर्न खोजेको राजनीतिकरण, महिनौंदेखि मौलाएको कालोबजारी लगायतलाई आधार मानेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने धारणा राखेको जानकारी दिए ।

Top Changing Nepal

युट्युब सट्स