दसैँ घमाइलो हुने, चार दिनभित्र यस वर्षको मनसुन बाहिरिने
काठमाडौं । यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण रूपमा र लुम्बिनी प्रदेशबाट आंशिक रूपमा मनसुन बाहिरिसकेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु सर्दै नेपालको पूर्वी भेगबाट मनसुन सम्पूर्ण रूपमा बाहिरिने जनाइएको छ । दसैँ आसपास पहाडी भेगमा हल्का बदली देखिए पनि ठुलो वर्षा नहुने उनको भनाई छ ।
उनका अनुसार मनसुनी वायु कमजोर हुँदैजाँदा पश्चिमी वायुको प्रभाव भने बलियो बन्दै गएको छ । जसका कारण मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्का वर्षा हुने सम्भावना असोज महिनाभर कायम रहने मानन्धरले बताए। भारी वर्षाको क्रम भने मनसुन बाहिरिने प्रक्रिया सुरु भएसँगै यो वर्षका लागि टुङ्गिएको छ ।
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
यस्तो छ आजको मौसम पुर्वानुमान
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

