थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित
काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले थाइल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ । आइतबार दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको अन्तरले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको थाइल्याण्डले १६ ओभरमा अलआउट हुदै ३३ रन मात्र बनाएको थियो ।
यस अघि पहिला ब्याटिंग गर्दै नेपालले साना प्रविनको अर्धशतकको सहयोगमा २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । प्रतियोगितामा यो जितपछि नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ र अंक तालिकामा नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै थाइल्याण्डले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ र अंकतालिकामा २ अंकसहित तेस्रो स्थानमा रहेको छ । अब नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

