Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

कर छलेको आरोपमा पथरीको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २
कर छलेको आरोपमा पथरीको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी

काठमाडौं ।  मोरङ पथरी शनिश्चरे नगरपालिका-१ मा रहेको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ। लामो समयदेखि सञ्चालित उक्त स्टोरले करोडौं रकम राजश्व रकम चुहावट गरेको कसुरमा विभागमा उजुरी परेको हो ।

उक्त फर्मले सामग्री बिक्री वितरण गर्दा भ्याट बिल नकाटेर राजश्व छलेको कसुर उजुरीकर्ताले लगाएका छन्। सुरूमा उक्त स्टोरले स्टिमेट बिलसमेत नदिई खेस्रा बिल दिने गरेको र इन्भ्वाइस माग्दा पान बिल दिने गरेको पाइएको छ।

पान बिल अहिले प्रयोगमा छैन। हरेक व्यापारिक फर्मलाई मूल्य अभिवृद्धि कर (भ्याट) बिल बिजक अनिवार्य गरिएकोमा उक्त स्टोरले बेवास्ता गर्दै आएको छ।

यसरी वर्षौंदेखि बिल बिजक अनिवार्य नकाट्दा उक्त स्टोरले करोडौं राजश्व ठगेको र उक्त स्टोरको बिजकबारे अनुसन्धान, आयकर छलीबारे अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ। उक्त स्टोरमा सामग्री ढुवानी गर्दा भेइकल कन्सान्टमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) मा रहे-नरहेको समेत अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ।

शिव क्लोथमा लत्ताकपडा तथा घरायसी प्रयोजनमा प्रयोग हुने सामग्रीहरू बिक्री वितरण हुने गरेको छ। उक्त स्टोरमा अत्यधिक महंगो दरमा सामग्रीहरू बिक्री हुने गरेको उपभोक्ताको गुनासो छ।

तीन तलासम्म उक्त स्टोरमा करोडौंका सामग्रीहरू स्टक गरिएको छ। त्यो स्टक सामग्रीको कानुनी प्रक्रिया परीक्षणसमेत गर्न उजुरीमा माग गरिएको छ।विभागका एक अधिकारीले शिव क्लोथ स्टोरविरूद्ध उजुरी परेको र यसबारे छानबिन थालिएको बताए।

Top Changing Nepal

युट्युब सट्स