झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
काठमाडौं । झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ । प्रहरीका अनुसार दुई पक्ष मिलेकोले अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको जानकारी दिएको छ ।
मृतकका परिवार र भुजेलबीच क्षतिपुर्तिबापत ५२ लाख दिने सहमति भएको बताइएको छ ।
काठमाडौंको शंकरापुरमा गत कात्तिक २८ गते भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।
दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।
प्रहरीको हिरासतमा रहेका भुजेलविरुद्धमुद्धा चलाइएको छ । उनलाई सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । विद्यमान कानुन अनुसार उनलाई एक वर्षको कैद हुने व्यवस्था छ, जसमा धरौटीमा रिहा हुने सुबिधा हुन्छ ।
सम्बन्धित समाचार
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

