पुष्पामा अल्लु अर्जुनले ३०० करोड, अरूको पारिश्रमिक कति ?
मंसिर। फिल्म ‘पुष्पा २’को ट्रेलर रिलिज हुनासाथ यसले तहल्का नै मच्चाइसकेको छ ।
फिल्मको संवाद ट्रेलर रिलिज भएको केही समयमा नै फ्यानको मुखमा झुण्डिएको छ । ट्रेलरमा रश्मिका मन्दाना, अल्लू अर्जुन र फहाद फासिलको शैलीलाई दर्शकले निकै मन पराएका छन् ।
फिल्मले चर्चा पाइरहँदा यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने चासो जनमानसमा उत्तिकै छ । यहाँ फिल्मका कलाकारले लिएको पारिश्रमिकबारे उल्लेख गरिएको छ ।
‘पुष्पा २’मा फहाद फासिल विलेन भूमिकामा देखिँदैछन् । फिल्मको पहिलो भागमा उनले दर्शकबाट राम्रै माया पाएका थिए । उनले फिल्म ‘पुष्पा २’बाट ८ करोड पारिश्रमिक लिएका छन् । फिल्मकी नायिका रश्मिका मन्दानाले फिल्ममा श्रीवल्लीको भूमिका निभाएकी छन् । उनले फिल्ममा श्रीवल्ली बन्नका लागि १० करोड पारिश्रमिक लिएकी छन् ।
फिल्मका शीर्ष कलाकार अल्लू अर्जुनको पारिश्रमिक सर्वाधिक छ । उनले फिल्मकै लागि ३ सय करोड पारिश्रमिक लिएका छन् । यो पारिश्रमिकसँगै उनी बलिउडको सबैभन्दा महंगो अभिनेता बनेका छन् । उनले बलिउडका सलमान खान र शाहरुख खान जस्ता सुपरस्टारलाई पनि पारिश्रमिकको मामलामा पछि पारेका छन् ।
नायिका श्रीलीलाले ‘पुष्पा २’मा आइटम नृत्य गर्नका लागि करिब २ करोड रुपैंयाँ लिएकी छन् । उनले ‘पुष्पा’मा आइटम नृत्य गरेकी सामन्थालाई ‘रिप्लेस’ गरेकी हुन् ।
सम्बन्धित समाचार
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

