‘तारक मेहता का उल्टा चश्मा’ का जेठालाल र निर्माता मोदीबीच झगडा !
काठमाडौँ । भारतीय चर्चित टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ फेरी नयाँ विवादमा परेको छ । पछिल्लो समय धेरै कलाकारले शो छोडेका छन् भने शो का निर्माता आसित मोदीसँग धेरै कलाकारको विवाद समेत भएको छ । यसैबीच निर्माता मोदीसँग शो का प्रमुख कलाकार दिलिप जोशी उर्फ जेठालालबीच झगडा भएको भारतीय मिडियाहरुले चर्चा गरेका छन् ।
अभिनेता दिलीप जोशी र निर्माता असित मोदीबीच शो को सेटमै केहि समय अघि चर्को विवाद भएको बताइएको छ । रिपोर्टका अनुसार, जोशीले आफ्नो छुट्टीको बारेमा कुरा गर्न खोजिरहेका बेला मोदीले बेवास्ता गरेपछि विवाद बढेको थियो ।
जोशीले असितसँग कुरा गर्न खोजेको बेला उनी अभिनेता कुश शाहलाई भेट्न गएपछि जोशीले आफ्नो अपमान भएको महसुस गरेपछि विवाद बढेको बताइएको छ ।
जोशीले मोदीको कलर समातेर शो छोड्ने धम्की दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । तर मोदीले जोशीलाई शान्त गराएको बताइएपनि विवाद कसरी मिल्यो भन्ने स्पष्ट जानकारी प्राप्त भएको छैन । जोशीको यस अघि पनि असित मोदीसँग पटक पटक झगडा गरिसकेका छन् ।
यसैबीच शो छाडेका धेरै कलाकारले मोदीको व्यवहारको गुनासो गरेका छन् । कतिपयले उनीविरुद्ध उत्पीडन र तलब रोक्का गरेको भन्दै कानुनी मुद्दासमेत दायर गरेका छन् । शोमा जेठालाल गड्डाको भूमिका निभाएका दिलीप जोशी सो शोसँग आवद्ध भएको १६ वर्ष भइसक्यो । उनको चरित्रमा उनको अभिनयको लागि उच्च सम्मान गरिएको छ, जुन अहिले लोकप्रिय संस्कृतिको एक हिस्सा बनेको छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

