रौतहटमा तार सर्ट हुदा आगलागी, दुई घर जलेर नष्ट
सञ्जय मिश्रा
रौतहट । रौतहटको बौधिमाई नगरपालिकाको वडा नम्बर २ इनर्वामा गएराती दुई घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । आगलागीमा एक जना महिला र दुई चौपाया जलेर घाईते भएका छन् । इनर्वाका सिताई पटेलको घरमा विद्युत सर्ट भएर राती ११ बजे सुरुभएको आगलागीबाट छिमेकी बिगु पटेलको समेत घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
सिताई पटेलको फुसको घरमा आगलागी हुदा निजको श्रीमती बर्ष ४१ की प्रमिला देवीलाई आगोले अनुहार जलेर घाईते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। त्यसैगरी आगलागीबाट एक भैसी, २ पाडो जलेर घाईते भएको, साथै घरमा रहेको काठ,साईकल २ थानसहित घर पुर्ण रुपमा जलेर करिब एक लाख ५० हजारको क्षति भएको प्रवक्ता रायले जानकारी दिएका छन् ।
घटनाको खबर लगत्तै ईलाका प्रहरी कार्यालय कोपवा बाट गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

