ऋण लिएर सुरु गरेको केराखेतीबाट वार्षिक १० लाख आम्दानी
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभनदा बढी आम्दानी गरिरहेका छन् ।
राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन् । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए । अहिले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए ।
“केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु”, रानाले भने, “वार्षिक रु २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ ।”
केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

