Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

कञ्चनपुरमा बस दुर्घटना हुँदा २९ जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, ८
कञ्चनपुरमा बस दुर्घटना हुँदा २९ जना घाइते

महेन्द्रनगर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना४ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव)को कार्यक्रममा सहभागी भएर महेन्द्रनगर फर्कंदै गरेको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाइतेलाई उपचारका लागि अत्तरिया पठाइएको प्रहरीको भनाइ छ।उनले बताए।

Top Changing Nepal

युट्युब सट्स