आज तरकारी तथा फलफुलको मुल्य कति ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३५०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ । यसैगरी केरा १५० रुपैयाँ दर्जन, नेपाली सुन्तला ८०, लोकल काक्रो १२०, भारतीय मेवा ९० किवि र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेडा ८० र भारतीय ठूले गोलभेडा ९०, अदुवा १००, रातो आलु ६५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ९०, लौका ८०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ । लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ९०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १२० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेके फर्सी ३० र तराइ परवर ९० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ५० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ९५, हरियो प्याज १०० र पुदीना ६०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १४०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन १५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६० र हरियो धनिया २०० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

