मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’
मेक्सिको सिटी । मेक्सिकोले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ चेतावनी दिएको छ । अमेरिकाले छिमेकी मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको धम्कीलाई मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले बदला लिने जनाएकी हुन् ।
एक पत्रकार सम्मेलनमार्फत उनले अमेरिकाको नवनिर्वाचित राष्ट्रपतिलाई पठाउने भनिएको पत्र पढेर सुनाएकी थिइन । उनले पनि अमेरिकावाट आउने समान अझ बढी करलगाउने चेतावनी दिएकी छिन् ।
उनले ट्रम्पको टिप्पणीलाई सम्बोधन गर्दै भनिन कि ‘जबसम्म लागूपदार्थ, विशेष गरी फेन्टानिल र सबै अवैध विदेशीहरूले हाम्रो देशमा यो आक्रमण रोक्न सक्दैनन्, तबसम्म हामी पनि अमेरिका माथी धेरै कर लगाउँछौं ।’
शेनबाउमले जोड दिइन कि ट्रम्पको धम्कीले दुइ देशको सबन्ध बिगार्छ, यसले अमेरिकामा हुने माइग्रेसन घटनाू वा लागूपदार्थको खपत बढाउँछ, उनले सच्चिए भने समाधान गर्नेछ।’
उनले अमेरिका र मेक्सिकोको बिचमा सहयोग र आपसी समझदारी आवश्यक रहेको जोड गरिन् ।
मेक्सिकोका नेताले यो पनि चेतावनी दिएकी छन् कि यदि ट्रम्पले ट्यारिफको साथ अगाडि बढ्यो भने मेक्सिकोले अमेरिकी आयातमा आफ्नै कर लगाएर बदला लिनेछ। र त्यो, उनले भनिन्, ‘घरेलु र सामान्य उद्यमहरूलाई उनको यो निर्णयले थप जोखिममा राख्छ।’
ट्रम्पलाइ चेतावनी दिने उनी पहिलाे राष्ट्र प्रमुख हुन् ।
सम्बन्धित समाचार
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

