Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, १२
उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौँ । नेपाल  विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ। बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको हो।

विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछी बोर्डले यस्तो निर्णय गरेको बताइएको छ।बोर्डले गरेको उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए।

नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने राय दिएको छ।

एक महिनाअघि प्राधिकरणले उद्योगहरूले बक्यौता नतिरेको भन्दै बिजुली काटिदिएको थियो।

Top Changing Nepal

युट्युब सट्स