काग्रेसले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न लिखित समर्थन दिने
जानकारी केन्द्र
२०७३, बैशाख, २३
प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले आज लिखित रुपमै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्दा समर्थन रहने प्रतिबद्धता ब्यक्त गर्ने भएको छ ।
नेपाली काग्रेसको संसदीय दलले सभासदहरुको हस्ताक्षर संकलन हिजोबाटै थालिसकेको छ । आज सबै सभासदहरुको समर्थन सहितको हस्ताक्षर एमाओवादी अध्यक्ष प्रचण्डलाई बुझाउने तयारी भईरहेको काग्रेस स्रोतले जनाएको छ ।
प्रचण्डले बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनु अघि आफूलाई समर्थन गर्ने लिखित प्रतिबद्धता माग गरेपछि काग्रेसले त्यस्तो तयारी थालेको हो । यसअघि काग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डको नेतृत्वमा समर्थन गर्ने मौखिक प्रतिबद्धता ब्यक्त गरेपछि प्रचण्ड सरकार गठनकोलागि तयारीमा जुटेका हुन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

