‘रकस्टार हिरोइन’ नरगिसको बहिनी दुइ जनालाइ जिउँदै जलाएको आरोपमा अमेरिकामा पक्राउ
न्युर्योक । रणवीर कपूरसँग ब्लकबस्टर फिल्म ‘रकस्टार’ मा देखिएकी अभिनेत्री नरगिस फाखरीसँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ । वास्तवमा अभिनेत्री आफ्नी बहिनी आलियाका कारण अहिले चर्चामा छिन् । आलियामाथि आफ्ना पूर्व प्रेमी र प्रेमिकाको हत्या गरेको आरोप लागेको छ । त्यसपछि उनलाई पक्राउ गरिएको हो ।
डेली न्युजको रिपोर्ट अनुसार नरगिस फाखरीकी बहिनी आलियाले न्यूयोर्कको क्वीन्समा रहेको दुई तले ग्यारेजमा आगजनी गरेकी छन् । उनका पूर्व प्रेमी एडवर्ड जेकब्स र उनकी प्रेमिका अनास्तासिया स्टार एटिनको यो आगलागीमा मृत्यु भएको छ। अहिले प्रहरीले यस मामिलामा आलियालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म आलियाले फौजदारी अदालतबाट जमानत पाएकी छैनन् ।
उता, छोरी माथीको आरोपबारे नरगिसकी आमाले स्पष्टीकरण दिएकी छन् । यो कुरा बाहिर आएपछि नरगिसकी आमाले न्युज आउटलेटसँग कुरा गरेकी थिइन् । उनले भनिन, ‘मलाई लाग्दैन उसले कसैलाई मार्न सक्छ। उनी धेरै राम्रो मान्छे हुन्। जसले सबैको ख्याल राख्छ। उनी पनि सबैलाई सहयोग गर्छिन्।’
घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले भने, ‘हामीले केही जलेको गन्ध आयो, बाहिर गएर सिँढीमा राखिएको सोफामा आगो लागेको देखे । यस्तो अवस्थामा दुवैको ज्यान जोगाउन आगोबाट हाम फाल्नुपर्छ, तर सफल हुन सकेनन।’
सो आलियाले प्रायः सबैलाई आफ्नो घर जलाएर मार्ने बताउँदै आएकी थिइन् । त्यसपछि हामी उनको कुरा सुनेर हाँस्न थाल्यौं। अन्ततः उनले भने अनुसार नै भए पछि उनी अहिले हिरासतमा छिन् ।
नर्गिस फाखरी बलिउडकी चर्चित अभिनेत्री हुन् । जसले रणबीर कपूरसँग ‘रकस्टार’ मा उत्कृष्ट भूमिका खेलेर धेरै प्रसिद्धि कमाए। त्यसपछि उनी धेरै हिट फिल्ममा देखिइन् ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

