जाडोयाममा छाला फुस्रो हुनबाट कसरी बच्ने ?
काठमाडौँ । मानिस सुन्दर देखिन उसको छालाको भूमिका महत्वपूर्ण हुन्छ। तर कहिलेकाहि हामीले त्यहि छालाको राम्रो स्याहार गर्न नसक्दा शरिरमा विभिन्न समस्या आउन सक्छन्। चिसोमा होस वा तातो समयमा हामीले समयअनुसार छालाको ख्याल गर्नुपर्दछ। तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ। मौसमी फलफुलहरु जस्तै सुन्तला, स्ट्रेबरी, स्याउ, बदाम, ओखर, एप्रिकेट खाँदा छालामा चमक आउँछ।
जाडोमा हामी घाम देख्ने बितिकै घाममा गएर बसिहाल्छौं। जाडो छल्नका लागि हामी राम्रो उपाएका रुपमा घाम ताप्नुलाई लिन्छौ। तर जाडो छल्नका लागि धेरै समय घाम ताप्दा हाम्रो छालामा धेरै समस्या देखिन सक्छ। घाम ताप्दा अनुहार छोपेर बस्दा अनुहारमा चाया, पोतो बढ्ने समस्या हुँदैन । छाला स्वस्थ राख्नका लागि नुहाएलगत्तै हामीले मस्चराइजर लगाउनु पर्दछ । नुहाएपछि पूरै शरीरमा मस्चराइजर लगाउनु पर्दछ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रो पटक मस्चराइजर लगाउनुपर्छ।
ऊनी र बढी तातो हुने लुगाहरुले पनि छाला चिलाउँछ र फुस्रो बनाउँछ। त्यसैले शरिरमा सबैभन्दा भित्र कटनको लुगा लगाएर मात्र उनीका लुगाहरु लगाउनुहोस्। यसले तपाईँको छाला चिलाउने समस्या हट्छ र उनीको लुगाबाट हुने जुनसुकै एलर्जीबाट पनि बच्नँ सकिन्छ । मह छालाका लागि निकै नै उपयोगी मानिन्छ । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला नरम हुन्छ ।
चिसोमा छालालाई राम्रो राख्न घरेलु उपायमध्येमा घ्यूको पसन हामी प्रयोग गर्न सक्छौ। हामिले घ्यूको प्रयोगबाट पनि छाला फुट्नबाट रोक्न सक्छौ। जाडोको समयमा तातो पानीले मानिसको कोमल छालामा असर गर्छ भन्ने थाहा हुँदा हुदै पनि हामी यसको अत्याधिक प्रयोग गछौं । रगतको प्रवाहलाई पनि सुधार गर्ने भएकोले स्वास्थ्यका दृष्टिले पनि मनतातो पानी उपर्युक्त मानिन्छ। साबुन जति बास्नादार हुन्छ, उति नै केमिकल मिसाइएको हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको साबुन प्रयोग गर्न सकिन्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


