Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

कस्तो रहला आजको मौसम ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २०
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मूख्यतया सफा रहेको छ ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स