बक्सअफिसमा पुष्पा-२ को सुनामी, पहिलो दिन तोड्यो सबै रेकर्ड
काठमाडौँ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ ले रिलिज हुने बित्तिकै बक्स अफिसमा राज गर्न थालेको छ । पहिलो दिन फिल्मले ठूलो पर्दामा ल्याएको सुनामीका करण बलिवुडका अहिलेसम्मका सबै रेकर्ड ध्वस्त भएका छन् । ‘पुष्पा २’ ले पहिलो दिनमै भारतीय बक्स अफिसमा १७५ करोड कमाई गरेको छ । सुकुमार निर्देशित ‘पुष्पा २’ ले साउथ सिनेमामा मात्रै नभई देशकै सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्मको कीर्तिमान बनाएको छ ।
बुधबार अबेर राति प्रिमियर भएको फिल्मले करिब १०.१ करोड कमाएको थियो । त्यसपछि बिहीबार भारतका सिनेमा हलमा फिल्म रिलिज भयो, जसका कारण ‘पुष्पा २’ ले १६५ करोड भारु कमाएको छ ।
यो १६५ करोडमध्ये ‘पुष्पा २’ ले हिन्दीमा ६७ करोड कमाएको छ, जसमा हरेक हिन्दी फिल्मको ओपनिङ कलेक्सनलाई पछि पारेको छ । योसँगै यसले तेलुगुमा ८५ करोड, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलायालममा ५ करोड रुपैयाँको ठूलो कलेक्सन गरेको छ । योसँगै ‘पुष्पा २’ को ओपनिङ बक्स अफिस कलेक्सन १७५.१ करोड पुगेको छ ।
१७५.१ करोडको कलेक्सनसँगै ‘पुष्पा २’ भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । यसले यसअघि आरआरआरको १३३ करोड, ‘कल्की २८९८ एडी’ ११४ करोड, ‘बाहुबली २’ को १२१ करोड र ‘केजीएफ २’ को १३४.५ करोडलाई पछि पारेको छ । सुकुमारको फिल्म पहिलो दिन १५० करोड कमाउने पहिलो भारतीय फिल्म पनि हो ।
साथै, ‘पुष्पा २’ पहिलो फिल्म हो जसले हिन्दी (६७ करोड) र तेलुगु (८५ करोड) दुवैमा ५० करोडभन्दा बढी कमाएको छ । योसँगै ६७ करोड रुपैयाँमा ‘पुष्पा २’ ले हिन्दी भाषामा पनि सबैभन्दा ठूलो ओपनिङ गर्ने कीर्तिमान बनाएको छ । यसले ‘जवान’ को ओपनिङ ६५।५ करोडले पछाडी पारेको थियो ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

