‘क्यानिन डिस ट्याम्पर’ रोग वन्यजन्तुमा देखा परेकाे पुष्टि, सर्तकता अपनाउन अनुराेध
बर्दिया । विशेषगरी घर पालुवा कुकुरमा लाग्ने क्यानिन डिस ट्याम्पर रोग वन्यजन्तुमा पुष्टि भएको छ । स्वास्थ्य लाइभ मिडियाको आयोजनामा बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको एक कार्यक्रममा कुकुरबाट क्यानिन डिस ट्याम्पर रोग वन्यजन्तुमा सरेको अधिकारीहरुले बताएका छन् ।
यस अगाडी मानिसबाट जंगली हात्तिमा क्षयरोग सरेको पुष्टि भएको थियो । क्यानिन डिस ट्याम्पर वन्यजन्तुमा सरेको सम्भवत नेपालमा यो पहिलो भएको अधिकारीहरुले बताएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. आयुस महर्जनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको चितुवामा क्यानिन डिस ट्याम्पर रोग पुष्टि भएको हो । बफर जोन वरपर बाक्लो बस्ति भएको र कुकुरहरु खान चितुवा नियमीत बस्तिमा आउँदा यो अवस्था आएको हो । उनका अनुसार क्यानिन डिस ट्याम्पर एक अत्यन्त संक्रामक भाइरल रोग हो ।
विशेषगरी कुकुरमा यो रोग देखा पर्छ । डा महर्जनका अनुसार चितुवाले कुकुर खाँदा यो रोग सरेको देखिएको छ । अधिकारीहरुले बाँघमा समेत सरेको हुन सक्ने अनुमान गरेका छन् । क्यानिन डिस ट्याम्पर रोग लागेमा ५० प्रतिशत बढी मृत्यु हुने गरेको छ । क्यानिन डिस ट्याम्पर रोग कुकुरको सासप्रश्वास, पाचन प्रणाली, आँखा र छालामा असर पर्ने हुँदा कुकुर खाँदा वा उसको नजिक पर्दा वन्यजन्तुमा सहजै सर्ने गरेको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोक कुमार रामले वन्यजन्तु र मानिसको सम्पर्क हुनै नदिनु राम्रो भएको बताए । ७० प्रतिशत गम्भिर रोगहरु जनावरबाटै मानिसमा सरेकाले यसलाई कम गर्न जरुरी भएको उनको तर्क छ । मानिसका कारण वन्यजन्तु र वन्यजन्तुका कारण मानिस जोखिममा पर्ने अवस्था रहेको दर्शाउदै डा. रामले वन्यजन्तु स्वस्थ र सुरक्षित नभएको अवस्थामा मानिसको कुनै अर्थ नहुने दाबी गरे ।
चितुवा र बाँघमा नयाँ रोग कुकुरबाट सरेको र यी जनावरले नै मानिसमा बढी आक्रमण हुने भएकाले रोगको जोखिम पनि त्यस्तै रहेको डा. रामको भनाइ छ ।
प्रमुख डा अशोक कुमार रामले वन्यजन्तुको उपचारमा चिकित्सक जान्छौं तर, रोग मानिसमा सर्छ भन्ने सोचाइ नहुदाँ समस्या रहेको बताए । उनले जनचेताना सबै पक्षमा हुन आवश्यक रहेको र यस्तो कार्यक्रम नियमीत हुनुपर्ने पनि बताए ।
ठाकुरबाबा नगरपालिका आर्थिक विकास सहायता प्रमुख कलम बिष्टले स्थानीय जनप्रतिनिधिहरुमा जुनोसिस रोगबारे जानकारी नभएको बताए । जुनोसिस रोगबारे जानकारी नहुदा यसको व्यवस्थापनमा काम गर्न कठिनाई भएको उनको दाबी छ ।
जनप्रतिनिधिहरुलाई वान हेल्थको अवधारणा बारे पुर्ण ज्ञान हुन जरुरी भएको वडा अध्यक्ष समेत रहेको बिष्टले भने । उनले भने, ‘वन्यजन्तु र मानिस बीचमा हुने अन्तरद्धन्द्ध मात्र नभएर भोली वन्यजन्तुबाट मानिसमा आउने र मानिसबाट वन्यजन्तुमा उत्पन्न हुन सक्ने महामारीबारे पनि सोच्नु पर्ने देखिएको छ ।’
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले वान हेल्थको अवधारणा लिएर अगाडी नबढे महामारिजन्य रोगसँग लड्न कठिन हुने बताइन् । उनले वन्यजन्तुका कारण मानिस ठुलो जोखिममा रहेको स्पष्ट पारिन । हरिण, बाख्रा र गाईहरु सँगसगै चर्नु अत्यन्त दुखद रहेको उनको भनाइ छ । करिडोर फरक फरक नहुदा एक आपसमा रोग सर्ने जोखिम हुन्छ पौडेलले भनिन् । उनले वन्यजन्तुलाई बस्तिमा निस्कन रोक्ने उपाय अपनाउन सबैमा अनुरोध गरिन् । भित्रै आहारा दिएर वन्यजन्तुलाई बस्तिमा निस्कन रोक्न सके महामारीबाट हदसम्म जोगिन सकिने पौडेलको बुझाइ छ ।
कार्यक्रममा डाक्टर सन्तोष दुलालले न्याप एएमआर पास भएपनि कार्यान्वयनमा आउँन नसकेकोमा चिन्ता व्यक्त गरे । एक स्वास्थ्यको अवधारणा अवलम्बन गरेर मात्रै महामारीसँग जुध्न सकिने उनको भनाइ छ । अहिले पनि विश्वमा अवैध वन्यजन्तुको चोरी सिकारी व्यापक भएकाले कुनै पनि समयमा महामारीको सामना गर्नुपर्ने उनको भनाइ छ । तथ्यांकहरुले देखाए अनुसार अनियमित माछा पालनको व्यापार प्रति वर्ष ४ दशमलब २ देखि ९ लशमलब ५ अर्ब अमेरिकी डलर सम्म हुने गरेको छ ।
त्यस्तै अवैध वन्यजन्तुको तस्करी विश्वमा प्रति वर्ष ७ दशमलब ८ देखि १० अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । डा. दुलाल भन्छन्, ‘वन्यजन्तुको बासस्थान र अव्यवस्थित शहरीकरणले गर्दा जैविक विविधता संरक्षण गर्न कठिन बन्दै गएको छ ।’
यता शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा शेर बहादुर पुनले कुनै पनि महामारी पुन नयाँ वा पुरानै नयाँ स्वरुपमा आउँन सक्ने तर्फ संकेत गरे । उनले नयाँ नयाँ रोगहरु जनावरबाट मानिसमा सर्नेक्रम जारी रहेकाले कुनै पनि समयमा विश्वमा फेरी ठुलो महामारी देखा पर्ने बताए । उनले जुनोसिस डिजिजको समस्या अधिक भएपनि यो प्राथमिकतामा नपरेको बताए । डा पुनले भने, वन्यजन्तुको मृत्युलाई पनि गहिराइमा गएर अनुसन्धान गर्न जरुरी छ । अस्पतालहरुमा जुनोसिस डिजिजको समस्या लिएर आउँनेहरु बिस्तारै बढ्दै गएको पुनको भनाइ छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


