Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

बोक्सी लगाएर छोरा मारेकाे भन्दै हैटीका सरदारले गराए ११० बढी वृद्धको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २४
बोक्सी लगाएर छोरा मारेकाे भन्दै हैटीका सरदारले गराए ११० बढी वृद्धको हत्या

हाइटी । हाइटीको राजधानीको सबैभन्दा गरीब छिमेकमा सप्ताहन्तमा कम्तिमा ११० जना मारिएका छन ।

एक प्रमुख मानव अधिकार समूहले भनेको छ, ‘स्थानीय गिरोह नेताले व्यक्तिगत बदलाको लागि ती हत्या गराएका हुन् ।’

नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कका अनुसार वार्फ जेरेमी गिरोह नेता मोनेल मिकानो फेलिक्सले आफ्नो बच्चा बिरामी भएपछि पोर्ट–ओ– प्रिन्सको फराकिलो बस्तीमा नरसंहारको आदेश दिए पछि त्यहाँ हिंसा भडकिएको हो ।

फेलिक्सले शनिबार दिउँसो मृत्यु भएको बच्चालाई हानि पुर्‍याउन बोक्सी विद्याको प्रयोग गर्ने क्षेत्रका वृद्ध मानिसहरूलाई आरोप लगाउने वूडू पादरीसँग सल्लाह मागेको बताइएको छ।

गिरोहका सदस्यहरूले शुक्रबार कम्तिमा ६० जना र शनिबार ५० जनालाई छुरा र चक्कु प्रयोग गरेर मारेका थिए । पीडित सबै ६० वर्ष नाघेको बृद्द ब्यक्तिहरू भएको मानव अधिकार समूहले जनाएको छ ।

सघन जनसंख्या भएको सोलिली हाइटीको सबैभन्दा गरिब र सबैभन्दा हिंसात्मक क्षेत्रहरू मध्ये एक हो।

Top Changing Nepal

युट्युब सट्स