बागीः ४ को फस्ट लुक सार्बजनिक, सञ्जय दत्त खतारनाक रूपमा प्रस्तुत
मुम्बई । निर्माता साजिद नाडियाडवालाको ब्लकबस्टर एक्शन थ्रिलर फ्रेन्चाइजी ‘बागी’ को चौथो किस्ता सुरु भएको छ ।
बागीः ४ मा टाइगर श्राफ रोनीको भूमिकामा पुनः देखिदैँछन् भने सो चलचित्रलाइ कन्नड निर्देशक ए हर्षले निर्देशन गर्नेछन् । उनी केहि उल्लेखनीय कन्नड़ चलचित्र निर्देशन गरिसकेका छन्।
सोमबार निर्माता नाडियावालाले फिल्मको पहिलो लुक सार्बजनिक गरेका छन । जहाँ खलनायकको भुमिकामा सञ्जय दत्तलाइ देखाइएको छ । पोस्टरमा दत्तले उनकी गर्लफ्रेन्ड वा पत्नीलाइ काखमा राखेर कुर्सीमा बसेको देखाइएको छ, जसको ट्यागलाइन लेखिएको छ– हरेक आशिक एक खलनायक हो।
हालसम्मका पोस्टरहरू हेर्दा बागी ४ बदला र ड्रामामा आधारित उच्च ओक्टेन एक्शन थ्रिलर हुनेछ भन्ने अनुमान गर्न सकिन्छ । फिल्मको सुटिङ सुरु भइसकेको छ र सेप्टेम्बर ५, २०२५ मा विश्वभर रिलिज हुनेछ। हिराेइनको औपचारिक घोषणा हुन बाँकी छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

