Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २६
सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र जोडन सफल भएको छ।

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाएका थिए, उनले ३७ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

यस्तै, अर्का ओपनर सैब जैबले २१ बलमा दुई छक्कासहित २१ रन बनाउन सफल भए।

Top Changing Nepal

युट्युब सट्स