Jankari Kendra
२८ श्रावण २०८३, बिहीबार
Worldlink

काठमाडौंमा आज यस वर्षकै चिसो, न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झर्‍यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २९
काठमाडौंमा आज यस वर्षकै चिसो, न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं । आज काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो । काठमाडौंबाहेक देशैभर चिसो क्रमशः बढ्दै गएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर मौसम सामान्यतया सफा रहनेछ भने तराईका केही स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स