Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

पश्चिमाकाे घाेर बिरोधी पुर्व फुटबलर बने जर्जियाको राष्ट्रपति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, ३०
पश्चिमाकाे घाेर बिरोधी पुर्व फुटबलर बने जर्जियाको राष्ट्रपति

टिबिलिसी। जर्जियाका संसदले पश्चिमा मुलुकका कट्टर आलोचक मिखाइल कावेलासभिलीलाई  राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ ।

देश भित्र युरोपेली संघलाई रोक्ने सरकारको विरुद्धमा ठूलो विरोधको बीचमा पश्चिम समर्थक सत्ताधारीलाई प्रतिस्थापन गर्दै उनलाइ राष्ट्रपतिमा नियुक्त गरिएको हो । सत्तारुढ जर्जियन ड्रीम पार्टीले २०२८ सम्म युरोपियन युनियनमा सहभागी हुने प्रक्रिया फ्रिज गर्ने कदमको रूपमा हेरिएको छ ।

देशको संविधानमा लेखिएको लामो समयदेखिको राष्ट्रिय लक्ष्यलाई अचानक रोकेकोले जर्जियामा व्यापक क्रोध उत्पन्न गरेको छ, जहाँ जनमत सर्वेक्षणहरूले देखाउँदछ कि युरोपियन युनियनको सदस्यत हुनु पर्ने मत अत्याधिक लोकप्रिय छ।

कावेलाश्भिली, एक पूर्व पेशेवर फुटबल खेलाडी हुन ।  उनी कडा रूपमा पश्चिम विरोधी स्वरहरू दिइरहेका हुन्छन । यस वर्ष सार्वजनिक भाषणहरूमा उनले बारम्बार आरोप लगाए कि, ‘पश्चिमी गुप्तचर एजेन्सीहरूले जर्जियालाई रूससँग युद्धमा धकेल्न खोजिरहेका छन्, जसले जर्जियालाई २०० वर्षसम्म अर्थात १९९१ सम्म शासन गरेको थियो ।’

राष्ट्रपतिको मतदान अघि संसद बाहिर हल्का हिमपातमा सयौं प्रदर्शनकारीहरू भेला भएका थिए। कसै कसैले बाहिर सडकमा फुटबल खेलेका थिए भने  संसद भवनमा रातो कार्डहरू हल्लाएको देखिएको थियो । काभलाश्भिलीको खेलकुद करियरको उपहास गर्ने सन्दर्भ यी सब काम भएका थिए ।

प्रदर्शनकारी भेजी कोखोड्जेले मतदान गर्नु भनेको देशद्रोह भनेर वर्णन गरेका छन् ।  ‘जबकी जर्जियनहरूको पश्चिमसँग एकीकरण गर्ने इच्छा थियो,’ उनले भने, ‘आजको नतिजाले जर्जियालाई सोभियतको जरामा फर्काउने प्रणालीको स्पष्ट इच्छालाई प्रतिनिधित्व गर्दछ।’

जर्जियाका राष्ट्रपतिहरू सांसदहरू र स्थानीय सरकारका प्रतिनिधिहरू मिलेर बनेको निर्वाचकहरूको कलेजद्वारा छानिन्छन्। उपस्थित २२५ मतदाता मध्ये २२४ जनाले काभलाश्विलीलाई भोट दिएका थिए, जो एक मात्र राष्ट्रपतिका उम्मेदवारको रूपमा प्रस्तुत भएका थिए ।

Top Changing Nepal

युट्युब सट्स