Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

सोमवार पनि सेयर बजार लाग्यो ओरालो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १

काठमाडौं । आज पनि सेयर बजार (नेप्से) ओरालो लागेको छ । सोमवार ५१.३७ अंकले बजार घट्दा परिसूचक २६३१ बिन्दुमा ओर्लिएको छ । आज मात्रै २२७ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमका हिसाबले आज एनआरएन इन्फ्रास्ट्रक्चर पहिलो नम्बरमा रह्यो । यसको २६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार कुल १ करोड २७ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Top Changing Nepal

युट्युब सट्स