रबि पत्नी निकिताको गुनासो, ‘श्रीमान हिरासतमा रहेको बेला म माथी मिडिया ट्रायल भयो’
काठमाडौं । पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेकी पत्नीले आफ्नो परिवार माथी मिडिया ट्रायल भएको बताएकी छिन् । पति लामिछाने माथी प्रहरी अनुसन्धान सकिएर अदालतमा लगिरहेको बेला उनले आफ्नो परिवार माथी मिडिया ट्रायल भएको बताएकी हुन् । उनीहरूको खातामा कम्तिमा २१ करोड रूपैयाँ कारोबार भएको सार्बजनिक भए पछि पत्नी पौडेलले मिडिया ट्रायल भएको भन्दै आरोप अस्विकार गरेकी छिन ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।’
उनले बुवालाइ जवाफ दिएको कुरा पनि उल्लेख गरेकी छिन, ‘मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’
उनका अनुसार सो सन्दर्भ ‘बुवा छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको मिडिया ट्रायलको।’
उनी अगाडी लेख्छिन, ‘कनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु, समाचार लेख्नेमाथि दया लागेर आउँछ।’
उनी अझ अगाडी भन्छिन, ‘खाता मेरो हो। यति उति पैसा छ भनेर आ आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि, श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’
उनको चुनौती छ, ‘मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।’

सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

