भारतले आइसीसी च्याम्पियन्स ट्रफीका आफ्ना खेल युएईमा खेल्ने
काठमाडौँ । भारतले आइसीसी च्याम्पियन्स ट्रफीका आफ्ना खेल युएईमा खेल्ने भएको छ । आइसीसी च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले आइसीसीको निर्णय अनुसार तटस्थ स्थानमा हुने भारतका खेल युएईमा गर्ने निर्णय गरेको हो ।
जस अनुसार भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३, आइतबार हुने भएको छ । भारत र पाकिस्तान समुह ए मा बंगलादेश र न्यूजील्याण्ड रहेका छन् । त्यस्तै भारतले फेब्रुअरी २० मा बंगलादेशसँग खेल्ने भएको छ र न्यूजील्याण्डसँग मार्च २ मा हुने भएको छ । यी सबै खेल दुबईमा हुने बताइएको छ ।
आसीसीले पाकिस्तानले भारत क्रिकेट खेल्न पाकिस्तान नजाने अडान लिएपछि भारतले खेल्ने खेलहरु तटस्थ स्थानमा हुने र बाँकी खेलहरु पाकिस्तानमै हुने निर्णय गरेको थियो । सो निर्णय अनुसार आइसीसीले आयोजकको हैसियतमा तटस्थ स्थानको तय गर्ने अधिकार पाकिस्तानलाई नै दिएको थियो ।
एकदिवसीय फर्म्याटमा हुने च्याम्पियन्स ट्रफीको पाकिस्तान डिफेन्डिङ च्याम्पियन समेत हो । फेब्रुअरी १९ देखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले न्यूजील्याण्डको सामना गर्दै छ ।
च्याम्पियन्स ट्रफीको समुह बी मा अफगानिस्तान, अस्ट्रेलिया, इङल्याण्ड र दक्षिण अफ्रीका रहेका छन् । योसँगै भारत सेमिफाइनल र फाइनलमा पुगेमा दुवै खेल युएईमा नै हुने भएको छ ।
दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल खेलहरु मार्च ४ र ५ मा हुने छन् भने फाइनल खेल मार्च ९ मा हुने छ ।
आइसीसी च्याम्पियन्स ट्रफी यसअघि आठ पटक सम्पन्न भएको छ । जसमा अहिलेसम्म अस्ट्रेलिया र भारतले २-२ पटक जितेका छन् । भारत र श्रीलंका २००२ मा संयुक्त विजेता बनेका थिए । त्यस्तै न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले एक एक पटक जितेका छन् । त्यसैगरी अफगानिस्तान भने पहिलो पटक च्याम्पियन्स ट्रफी खेल्दै छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

