Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

नेपालले ६१ बर्षपछी कोलकोत्ता बन्दरगाहको विकल्प भेट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, २
नेपालले ६१ बर्षपछी कोलकोत्ता बन्दरगाहको विकल्प भेट्यो

नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौदेखि गर्दै आएको कोलकात्ता बन्दरगाहको विकल्पको खोजि पूरा भएको खबर छ |

कोलकोत्तादेखि १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्याक (८० कन्टेनर) को एक खेव वीरगन्ज सिर्सयास्थित सुख्खा बन्दरगाह आइपुगेको छ ।

भारतसँग नेपालले गरेको सन् १९५० को सन्धी अनुसार भारतले प्रयोग गर्न दिएको एक मात्र आश्रित नेपालको तेस्रो मुलुकको व्यापारका लागि ६१ वर्षपछि थप अर्को बन्दरगाह प्रयोगमा आएको छ । नेपालको तेस्रो मुलुकको व्यापारका लागि ६१ वर्षपछि थप अर्को बन्दरगाह प्रयोगमा आएको हो ।

हल्दिया बन्दरगाह प्रयोगको लागि नेपाल र भारतबीच सैद्धान्तिक सहमतिपछि सरकारी तहमा अनेक चरणको औपचारिकता पूरा गर्न चार बर्ष लाग्यो। यो बन्दरगाह नाका नेपाली व्यपारको लागि भारतले खुला गरेपनि प्रयोगमा आउन सकेको थिएन।

कोलकतामा ३ सय कन्टेनर बोक्ने जहाज मात्र आउन सक्छ भने हल्दियामा ५ सय कन्टेनर बोक्ने जहाज आउने गरेका छन् । व्यपारीहरुका अनुसार यो बन्दरगाहाबाट आउने  समान कोलकताबाट ल्याए भन्दा सस्तो पर्ने गरेको छ ।

नागरिक बाट

 

Top Changing Nepal

युट्युब सट्स