रौतहटमा २०० लिटर घरेलु मदिरा नष्ट
रौतहट । रौतहटमा प्रहरीले २०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय भद्रभलादमी, जन प्रतिनिधि तथा संचारकर्मीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र खाल्टो खनि उक्त २०० लिटर अवैध तयारी घरेलु मदिरा पोखी नष्ट गरीएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका २ महादेवपट्टी स्थित केही मानिसले अवैध घरेलु मदिरा भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्ना साथ ग्यालेन सहितको बोरा फाली भारततर्फ भागी फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।
उक्त घरेलु मदिरा वेवारिसे अवस्थामा फेला पारी आईतवार नष्ट गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ । भारतको बिहार राज्यमा मदिरा उत्पादन तथा बिक्रि बितरणमा मुख्य मन्त्री नीतीश कुमार नेतृत्वको सरकारले प्रतिबन्ध लगाएपछि तस्करहरुले रौतहट लगायत कैयौँ जिल्लाको बिभिन्न नाकाहरु बाट नेपालमा उत्पादित मदिरा लुकिछिपी त्यहाँ पुर्याउने गर्दछन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

