च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक, भारत-पाकिस्तान खेल दुबईमा
काठमाडौं । आईसीसीले मंगलबार च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेबुअरी १९ गतेबाट सुरु भई मार्च ९ सम्म चल्ने छ । च्याम्पियनसिप ट्रफिका खेलहरु १९ दिनमा १५ खेल हुनेछन् । दोस्रो सेमिफाइनल र फाइनलका लागि पनि रिजर्भ डे राखिएको छ ।
भारत र पाकिस्तानबीचको समूह खेल भने २३ फेब्रुअरीमा दुबईमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबईमा मात्र खेल्नेछ भने बंगलादेश र न्युजिल्याण्ड पनि टोलीको समूहमा छन् । सेमिफाइनल पनि दुबईमै हुनेछ । यदि भारत फाइनलमा पुग्यो भने यो खेल पनि दुबईमा हुनेछ । प्रतियोगिताका बाँकी १० खेल भने आयोजक राष्ट्र पाकिस्तानमा हुनेछ । पाकिस्तान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो, उक्त टोलीले २०१७ मा भारतलाई फाइनलमा हराएर उपाधि जितेको थियो।
समुह ए मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्याण्ड रहेका छन् भने दोस्रो समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् । ४ र ५ मार्चमा २ वटा सेमिफाइनल हुनेछन् भने फाइनल खेल भने मार्च ९ मा हुनेछ ।
भारत र पाकिस्तानका टिमले एकअर्काको देशमा क्रिकेट खेल्ने छैनन् । च्याम्पियन्स ट्रफी २०२५ मा भारतका सबै खेलहरू तटस्थ स्थानहरूमा खेलिनेछन्। पाकिस्तानी टोली पनि सन् २०२७ सम्म कुनै पनि प्रतियोगिताका लागि भारत आउने छैन । यसका खेलहरू तटस्थ स्थान अर्थात दुबईमा मात्रै हुनेछन्।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


