यमनमा हैजाको प्रकोपमा ४०% सम्म बृद्धी, ८६१ ले गुमाए ज्यान, लाखौं प्रभावित
अडेन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभरमा हैजाबाट सबैभन्दा बढी यमन प्रभावित हुन पुगेको छ।
डब्लुएचओले हालै सार्बजनिक गरेको एक तथ्यांक अुनसार डिसेम्बर १, २०२४ सम्म यमनमा २ लाख ४९ हजार ९०० जना यमनीमा हैजाका संदिग्ध हमला भएको र सो क्रममा ८ सय ६१ जनाको मृत्यु भएको छ ।डब्लुएचओले पछिल्लो तथ्याङ्कले नोभेम्बर २०२४ मा रिपोर्ट गरिएका घटना र मृत्युको संख्या २०२३ को सोही अवधिको तुलनामा क्रमशः ३७ र २७ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै वर्षैपिच्छे उल्लेख्य वृद्धि भएको देखाएको छ। बितेका एक महिनामा नै करिब ४० प्रतिशत बिरामी बढेका छन ।
यमनको डब्ल्यूएचओ प्रतिनिधि र मिसन प्रमुख आर्टुरो पेसिगनले भने, ‘हैजा र तीव्र पानीको पखाला जस्ता पानीजन्य रोगहरूको प्रकोपले पहिले नै धेरै रोगहरूको प्रकोप सामना गरिरहेको अवस्थामा यसले यमनी जनताको थप स्वास्थ्य प्रणालीमा थप भार बढाएको छ ।’ सुरक्षित पिउने पानीको अभाव, अपर्याप्त सरसफाइ र समयमै चिकित्सा उपचारको कमजोर पहुँचले संकटलाई बढाएको पेसिगनले बताए।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार डब्ल्यूएचओका अनुसार यमनमा वर्षौंदेखि हैजाको संक्रमण भइरहेको छ। २०१७र २०१२ को बीचमा पनि हैजाको प्रकोप बढेको थियो । प्रयासहरूको बावजुद बिग्रँदै गएको मानवीय अवस्थाका साथै स्वास्थ्य सेवाहरूमा सीमित पहुँचले २०१४ को अन्तदेखि लामो द्वन्द्वमा फसेको युद्धग्रस्त अरब देशमा रोगको पुनरुत्थानले थप संकट बढाएको छ ।
हैजा भनेको विब्रियो कोलेरा नामक ब्याक्टेरियाका केही प्रकारहरूद्वारा सानो आन्द्रामा हुने ब्याक्टेरिया संक्रमण हो, जसले गम्भीर पखाला निम्त्याउँछ र उपचार नगर्दा घातक हुन सक्छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


