प्रोटोन ई–मास ७ नेपाल आउँदै
काठमाडौँ । नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन ई–मास ७ नेपालमा भित्राउन लागेको छ । यो कार नेपाल बाहेक अन्य देशहरु त्रिनिदाद,टाबागो,सिंगापुर र मौरिसस देशहरुमा पनि लन्च हुने कम्पनिले बताएको छ ।
प्रोटोन ई–मास ७ नेपालमा २०२५ को पहिलो त्रैमासिकमा लन्च हुने अपेक्षा गरिनुका साथै जगदम्बा मोटर्सले आफ्नो विद्यमान लाइनअपमा ई–मास ७ सहज परिचय सुनिश्चित गर्नेछ । उत्त कारले एसियन एनक्यापबाट एक प्रभावशालि ५ स्टार रेटिङ पनि हासिल गरेको छ, जसमा ए.ओ.पि,सिओपि, एस ए र एम एस रेटिङ् पाएको कम्पनिले जनाएको छ ।

सबैका लागि सुरक्षालाई प्राथमिकता दिने सवारी साधनहरू प्रदान गर्ने प्रोटोनको प्रतिबद्धता रहेको कम्पनिले बताएको छ ।
नेपालमा प्रोट्रोनका सवारीसाधनहरू पहिले नै खरिदका लागि उपलब्ध रहेका छन् भने यो ई–मास ७ मोडलले नेपाली उपभोक्ताहरूको आवश्यकतालाई विशेष रूपमा ध्यानमा राखी अत्याधुनिक सुविधाहरू र प्रविधि प्रदान गर्ने अपेक्षा गरिएको कम्पनिले जनाएको छ।

सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

