बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो
मुम्बई। अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा २ः द रुल’ रिलिजअघि नै विवादमा पर्दै आएको छ । फिल्मले बक्स अफिसमा मनग्य कमाइ गरेपनि फिल्मलाई लिएर चलिरहेको विवाद भने अन्त्य हुन सकेको छैन ।
फिल्मको प्रदर्शनको क्रममा एक महिलाको मृत्युको घटना अझै शान्त हुन सकेको छैन भने अर्कोतिर यसको रिलिज गीत ‘दामुन्टे पट्टुकोरा’ लाई लिएर विवाद बढेको छ । गीतमा पुष्पराजले शेखावतलाई चुनौती दिएका छन् ।
उनी भन्छन्, ‘हिम्मत छ भने मलाई समात ।’ यो गीत फिल्ममा फहद फासिलको क्यारेक्टर एसपी भंवर सिंह शेखावतका लागि बनाइएको भए पनि सामाजिक सञ्जालमा ठूलो विवाद सृजना भएपछि निर्माताले यो गीत युट्युबबाट हटाउनु परेको थियो ।
वास्तवमा नेटिजनहरूले यो गीतमा प्रश्न उठाइरहेका थिए र भनेका छन् कि संध्या थिएटर भागदण्डको घटनामा निर्माताहरूले पुलिस अधिकारीहरूलाई निशाना बनाएका छन्। यही विवादका कारण उक्त गीत फिल्म रिलिज भएकाे २२ दिन पछि युट्युबबाट हटाइएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियरको क्रममा भागदौडमा ३५ वर्षीया महिला रेवतीको मृत्यु भएको थियो भने उनको ८ वर्षीय छोरा गम्भीर घाइते भएका थिए जसको अवस्था निकै नाजुक रहेको बताइएको छ ।
अल्लु अर्जुनले यस विषयमा कानुनी कारबाही भोगिरहेका छन् । यस घटनापछि उनलाई १३ डिसेम्बर २०२४ मा पक्राउ गरी १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । तर, उनले सोही दिन जमानत पनि पाएका थिए । हाल सो घटनामा परेका परिवारलाइ पुष्पाः २ को टिमले २ करोड दिने घोषणा गरेका छन ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

