Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुजुकी मोटर कम्पनिका संस्थापकको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १२
सुजुकी मोटर कम्पनिका संस्थापकको निधन

टोकियो। सुजुकी मोटर कर्पोरेशनका संस्थापक तथा पूर्व अध्यक्ष ओसामु सुजुकीको निधन भएको छ ।

उनले ९४ वर्षको उमेरमा अन्तिम सास लिएका छन्  ।  ओसामु सुजुकीले ४० वर्षभन्दा बढी समय सुजुकी मोटर कर्पको नेतृत्व गर्दै सन् २०२१ मा आफ्नो अवकाशको घोषणा गरेका थिए। त्यतिबेला उहाँ ९१ वर्षको थिए । सुजुकी मोटर कर्पका अध्यक्षको मृत्यु २५ डिसेम्बरमा भए पनि कम्पनीले शुक्रबार २७ डिसेम्बरमा निधन भएको जानकारी दिएको हो ।

कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार यो जानकारी प्राप्त भएको हो । ओसामु सुजुकीको नेतृत्वमा कम्पनीले विश्व बजारमा विस्तार गरेको थियो । कम्पनी विशेष गरी यसको मिनी कार र मोटरसाइकल को लागी प्रसिद्ध छ। सुजुकीको जीवन यात्रा एक साधारण परिवारबाट सुरु भएको थियो र ओसामु सुजुकीको जन्म ३० जनवरी १९३० मा जापानको गेरो गिफु प्रिफेक्चरमा भएको थियो।

टोकियोको चाओ युनिभर्सिटीमा कानूनको डिग्री अध्ययन गरेका उनले जुनियर हाई स्कूल शिक्षक र नाइट गार्डको रूपमासमेत काम गरेका थिए । सन १९५३ मा स्नातक गरेपछि उनले सुरुमा बैंकमा काम गरे । त्यस पछि विवाह गरेर सुजुकी पारिवारिक व्यवसायमा सामेल भएका थिए। यो टर्निङ प्वाइन्टले उनको छ दशक लामो करियरको सुरुवात गर्‍यो।

naima expoTop Changing Nepal

युट्युब सट्स