जलवायु संकटले २०२४ भयाे दशककै चरम गर्मी बर्षः संयुक्त राष्ट्र संघ
जेनेभा । जलवायु परिवर्तनले २०२४ मा चरम प्राकृतिक प्रकोप र कीर्तिमान गर्मी बनाएको तथ्यांक सार्बजनिक भएको छ । संयुक्त राष्ट्र संघका अनुसार यस घटनावाट विश्वले विनाशतर्फको बाटोवाट फर्किन ढिलाइ गर्न नहुनेमा पनि जोड दिइएको छ ।
संयुक्त राष्ट्रको मौसम र जलवायु एजेन्सीका अनुसार सन २०२४ मा बितेका एक दशक भन्दा बढी तापक्रम मापन गरिएको छ । थप वर्षहरू अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा तातो हुने प्रक्षेपण पनि गरिएको छ ।
यसैबीच, हरितगृह ग्यासहरूको उत्सर्जन नयाँ रेकर्ड उच्चमा बढेको पनि जनाएको छ । भविष्यको लागि थप तापक्रम बढाउन यीनीहरू जिम्मेवारी रहेको पनि राष्ट्र संघीय विश्व मौसम विज्ञान संगठनले उल्लेख गरेको छ।
डब्ल्यूएमओका महासचिव सेलेस्टे साउलोले भने, ‘बढ्दो प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको प्रभावको रूपमा लगभग दैनिक आधारमा जलवायु परिवर्तन हाम्रो आँखा अगाडि नै देखिरहेका छौं ।’
उनले अगाडी भने, ‘यस वर्ष हामीले रेकर्ड ब्रेक वर्षा र बाढीका घटना मात्रै होइन, धेरै देशहरूमा त भयानक मानवीय क्षति पनि देख्यौं, जसले प्रत्येक महाद्वीपका समुदायहरूलाई हृदयविदारक बनाएको थियो।’
‘उष्णकटिबंधीय चक्रवातहरूले डरलाग्दो मानव र आर्थिक क्षति निम्तायो भन्दै हालसालै हिन्द महासागरमा मायोटको भएको घटना स्मरण गरिएको छ ।
‘तीव्र गर्मीले दर्जनौं देशहरू जलाउन पुगे, धेरै अवसरहरूमा तापमान ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) मा पुग्यो। जङ्गलको आगोले विनाश ल्यायो,’ उनले अगाडी भने ।
२०१५ को पेरिस जलवायु सम्झौताले ग्लोबल वार्मिङलाई पूर्व औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखे पनि त्यो पुरा नभएको उल्लेख छ ।
नोभेम्बरमा डब्ल्यूएमओले जनवरी सेप्टेम्बरको औसत सतहको हावाको तापक्रम सन १८५०–१९०० को बीचमा मापन गरिएको पूर्व औद्योगिक औसत भन्दा १.५४ डिग्री सेल्सियस बढी भएको उल्लेख गरिएको छ । जसका कारण मानव जातिले ठूलो मात्रामा जीवाश्म इन्धन जलाउन थालेपछि गत वर्षको तापक्रम औद्योगिक क्रान्ति अघिको भन्दा १.४५ डिग्री सेल्सियस बढी भएको छ ।
डब्लुएमओले सन् २०२४ को लागि सन् २०२४ को समेकित विश्वव्यापी तापक्रमको आंकडा जनवरीमा प्रकाशित गर्ने तयारी गरेको छ, यसको पूर्ण स्टेट अफ द ग्लोबल क्लाइमेट २०२४ रिपोर्ट मार्चमा आउनेछ। ‘आज म आधिकारिक रूपमा रिपोर्ट गर्न सक्छु कि हामीले भर्खरै एक दशकको घातक गर्मी सहेका छौं। सन २०२४ शीर्ष १० सबैभन्दा तातो वर्षहरू मध्य एक भएको छ,’ उनले भने ।
सम्बन्धित समाचार
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
कस्तो रहला आजको मौसम ?
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
पल्सरको २५ वर्ष : नेपाली राइडरलाई आफ्नै कथा सुनाएर मोटरसाइकल जित्ने सुनौलो अवसर



