नेपालि बजारमा सुबारु फोरेस्टर कार यस्तो छ, मुल्य सहित सम्पुर्ण फिचर सम्बन्धि जानकारी
काठमाडौँ । नेपालि बजारमा बिजय मोटर्सले सुबारु फोरेस्टर कार भित्राएको छ । दोस्रो विश्व युद्ध पछि बन्द भएको यस सुबारु कारले पछिल्लो समय प्रभावशालि रुपमा पुनः बिक्रि हुन थालेको र यो कारले अहिलेको समयमा सबैभन्दा भरपर्दो र सु्रक्षित कार ब्रान्डहरु मध्यको एक स्थान बनाउन सफल भएको छ ।
कारको ईन्जिनको कुरा गर्नुपर्दा डाइरेक्ट ईन्जेक्टेड ४ ओटा सिलिन्डर,नेचुरल एस्पिरेटेड, बक्सर पेट्रोल इन्जिन आदि रहेको छ । १९९५ सिसिको डिस्प्लेसमेन्ट रहेको यस कारको लम्बाई ४६४० एमएम, चौडाई १८१५ एमएम, उचाई १७३० एमएम रहेको कम्पनिले जनाएको छ । कारको ह्लिवेस २६७० एमएम,म्याक्स पावर १५६ पिएस का साथै ६००० आरपिएम र म्याक्स टर्क १९६ एनएमका साथै ४००० आरपिएम रहेको छ । त्यस्तै गरिे सुबारुको सिमेट्रिकल अलह्विल ड्राईभको ड्राईभ टाईप यस कारमा पाउन सकिने बताईएको छ ।
यस सुबारु फोरेस्टर कारले प्रति घण्टा १९३ किलोमिटरसम्मको टप स्पिड प्रदान गर्ने छ भने यसले माईलेज प्रति लिटर १३ किलोमिटर दिने छ । कारमा २२५ / ६० आर १७ आलोए र २२५ / ६० आर १८ आलोए साथै दुवै ओटामा भेन्टिलेट डिस्क दिईएको छ । कारमा ५ स्टार ए एन सि ए पि रेट, ७ एयरब्याागहरु,ई एस सि, टि एस सि, डि एम एस र अटोहोल्ड सहिको सेफ्टि सिस्टम जडान गरिएको छ । त्यस्तै गरि म्याक्फर्सन स्टर्ट र डबल विस्वोन पनि जडान गरिएको छ ।
५ सिटर क्यापासिटि रहेको यस कारको स्टोरेज क्यापासिटि ४९८ लिटरको रहेको र ग्राउन्ड क्लियरेन्स २१३ एमएम रहेको कम्पनिको दाबि रहेको छ । कार १५७६ केजि र १५२६ केजिमा उपलब्ध रहेको छ । यसको १८०० केजि सम्म तान्ने क्षमता रहेको छ । कम्पनिका अनुसार यो कार रातो,गे्र,सिल्भर,सेतो,हरियो,कालो र निलो पाउन सकिने छ ।
सुबारु फोरेस्टर कारको नेपालि बजारमा मुल्यको कुरा गर्र्नुपर्दा १ करोड ५० लाख रहेको छ ।
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


