Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

एन्फा महिला लिगमा आर्मीको सहज जीत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १८
एन्फा महिला लिगमा आर्मीको सहज जीत

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले जीत हासिल गरेको छ । नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आर्मी सुखद सुरुआत गरेको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहिबार आर्मीले बागमती युवा क्लबविरुद्ध २–० को सहज जित निकालेको छ। आर्मीलाई जित दिलाउन दुवै गोल बिमला चौधरीले गरेकी थिइन । उनले खेलको पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेकी हुन ।

विमलाले खेलको २५औं मिनेटमा विमला विकको पासलाई सदुपयोग गरेर पहिलो गोल गरेकी थिइन भने दोस्रो हाफको ७१औं मिनेटमा विमलाले फेरीदोस्रो गोल गरिर आर्मीलाइ सहज जीत दिलाएकी हुन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स