बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारबाट, ३ सय खेलाडी सहभागी हुने
काठमाडौं। बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू हुदैँछ । लिगमा पुरुष/ महिलातर्फ समान पाँच गरि १० तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए ।
पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौलसमूहमा खेल हुनेछ । महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजीमा भिडन्त हुनेछ । प्रतियोगितामा करिब ३०० खेलाडीको सहभागिता रहने एसकेबसिी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए ।
काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात अंक र तीन अंक प्रदान गरिने छ । प्रत्योक तौल समूहका पदक विजेतालाई अर्को लिगमा खाना, बसोवास र यातायातको सुविधा प्रदान गरिनेछ भने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा-५ को कार्यालयमा हुनेछन् ।
३/३ महिनाको अवधिमा सञ्चालन गर्ने गरि सुरुआत गरिएको लिगको तेश्रो संस्करण फागुन र चौथो संस्करण आगामी जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


