पत्रकार श्यामसुन्दर पुडासैनीको निधन
काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उनको मृत्युको कारण खुल्न बाँकी छ। तर, केही दिनयता उनी बिरामी रहेको आफन्तले बताएका छन् । नेपाल प्रहरी अस्पतालमा पछिल्लो दुई सातादेखि उपचार गराउँदै आएका पुडासैनीले मुटु रोगको औषधि समेत सेवन गरिरहेका थिए । चिकित्सकले अस्पताल नै भर्ना हुन सुझाव दिएको भए पनि पुडासैनीले नियमित चेकजाँच गर्दै कार्यालय जाने्आउने गरेका थिए ।
हाल नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत रहेका उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्ण लगायतका सञ्चार माध्यममा काम गरेका थिए।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


