Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

आज देखी जय ट्रफी क्रिकेट, उद्घाटनमा मधेस र बाग्मती मैदानमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २१
आज देखी जय ट्रफी क्रिकेट, उद्घाटनमा मधेस र बाग्मती मैदानमा

काठमाडौं । आज देखी जय ट्रफी पुरुष एलिट कप सुरू हुदैँछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गतेसम्म मधेश प्रदेशको राजधानी जनकपुर र अर्को ठुलो सहर वीरगन्जमा हुनेछ ।

यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरे पछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।

आजको उदघाटन खेलमा मधेस प्रदेश र बाग्मती प्रदेशका बिचमा भिडन्त हुनेछ । मधेस प्रदेशवाट हरिशंकर साहले कप्तानी गर्नेछन भने बाग्मतीवाट सन्दिप लामिछानेले कप्तानी गर्नेछन ।

मधेशः
हरिशंकर साह (कप्तान), नीरजकुमार यादव, रुपेश सिंह, मयन यादव, साहिल पटेल, अभिषेक तिवारी (उपकप्तान), भुलवन सहनी, विशाल पटेल, रन्जित कुमार, राजेश यादव, प्रदीप पासवान, अफ्रुद्दिन राइन, हिमान्शु दत्त, राहुल मण्डल, सैलेन्द्र साह

 बाग्मती
सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापामगर, विपिन आचार्य, शुभ कशांकार, रोहन विके, सूर्यान्शु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी

Top Changing Nepal

युट्युब सट्स