सलमानको ‘सिकिन्दर’ भन्दा रामचरणको ‘गेमचेन्जर’मा तीन गुणा दर्शक
मुम्बइ । दक्षिण भारतमा फिल्म रिलिज होस् वा बलिउड सबैको नजर थिएटरमा फिल्मको कमाइमा केन्द्रित हुन्छ। लामो समयदेखि बलिउडमा सुपरस्टार सलमान खानको फिल्म ‘सिकन्दर’ को हल्ला चलिरहेको थियो, योसँगै रामचरणको गेम चेन्जरलाई लिएर दक्षिण भारतमा निकै उत्साह देखिएको छ ।
यो फरक कुरा हो कि गेम चेन्जर जनवरी १० मा रिलिज हुँदैछ र सलमानको ‘सिकन्दर’ रिलिज हुन अझै केही समय बाँकी रहेको छ । हालै ‘सिकन्दर’ को टिजर रिलिज भएको छ, जसले २४ घण्टामा करोडौं भ्युज प्राप्त गरी कैयौं ठूला बलिउड फिल्मको रेकर्ड तोडेको थियो ।
तर, उनको रेकर्ड भने केही समय पनि टिकेन किन भने रामचरणको गेम चेन्जरको ट्रेलरले ‘सिकन्दर’को रेकर्डलाई धेरै पछाडि छाडिदिएको छ। सलमान खानको फिल्म ‘सिकन्दर’ को लागि उत्सुकतापूर्वक प्रतिक्षा गरिएको थियो । फिल्मको ट्रेलर आउन अझै समय बाँकी छ तर निर्माताले सलमानको जन्मदिनको अवसर पारेर ‘सिकन्दर’ को टिजर सार्वजनिक गरेका थिए । १ मिनेट ४२ सेकेन्डको टिजरलाई दर्शकले यति रुचाएका थिए कि २४ घण्टामै ५ करोड मानिसले हेरेर नयाँ रेकर्ड कायम मात्रै भएन, पहिलो दिनमा नै ‘सिकन्दर’ को टिजर युट्युबमा ट्रेन्डिङ नम्बर १ मा सुरु भयो ।
तर, यसैबिच रामचरणको फिल्म ‘गेम चेन्जर’ को ट्रेलर रिलिज भयो र २४ घण्टामै यसले ‘सिकन्दर’को भ्युजलाइ २४ घन्टाको बिचमा नै रेकर्ड तोडिदिएको छ ।
साउथ फिल्म ‘गेम चेन्जर’ लामो समयदेखि चर्चामा छ । यस्तो अवस्थामा फिल्मको ट्रेलर रिलिज भएपछि दर्शकको भीड लागेको थियो ।
गेम चेन्जरको ट्रेलरले इतिहास रच्यो र २४ घण्टाभित्र १८ करोड भ्युज अर्थात १८ करोड दर्शकले हेरेका छन । चलचित्रको ट्रेलरले दर्शकको अत्याधिक माया पाइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रामचरणको फिल्मलाई लिएर लगातार कमेन्ट र उत्साह व्यक्त गरिरहेका छन्। एक प्रयोगकर्ताले लेखेका पनि छन कि, ‘गेम चेन्जर’ भनेको आगो हो ।’
भारतीय इतिहासमा यति छाेटाे समयमा यति धेरै पटक ट्रेलर हेरिएकाे याे पहिलाे पटक हाे ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

