यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको भाउ १८ पैसाले घटेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि मंगलबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो ।
बुधबार युरोपियन युरोको भाउ २३ पैसाले घटेको छ । आज यूरो एकको खरिददर १४२ रुपैयाँ ४५ रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ०३ पैसा तोकिएको छ । मंगलबार युरोको खरिददर १४२ रुपैयाँ ६८ रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा तोकिएको थियो ।
यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसाले घटेको छ । यसअघि मंगलबार पाउण्ड खरिददर १७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०३ पैसा रहेको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६७ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ४७ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ५० पैसा र बिक्रीदर ३० रूपैयाँ ६१ पैसा कायम गरेको छ ।
यसैगरी, बुधबारको लागि कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


