Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

साना किसान लघुवित्तको २३ औं वार्षिक साधारणसभा सम्पन्न, सभामा १४ प्रतिशत लाभांश पारित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २४
साना किसान लघुवित्तको २३ औं वार्षिक साधारणसभा सम्पन्न, सभामा १४ प्रतिशत लाभांश पारित

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १४ प्रतिशत लाभांश पारित गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७९–८० मा ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०–८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख  पुगेको छ । यसैगरी आव २०७९–८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०–८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३  प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

संस्थामा मुलुकका ७७ जिल्लाका ५  सय ४६ स्थानीय तहमा १ हजार ६ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।

Top Changing Nepal

युट्युब सट्स