रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका मेयरले निःशुल्क बाँडे सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो
रौतहट । भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट बितरण गरिएको छ। मेयर शेख वकीलको पहलमा नगरलाई धुवाँमुक्त बनाउन ८ हजार परिवारलाई ग्याँस सिलिन्डरसहित चुल्हो सेट निःशुल्क वितरण गरिएको हो । परोहा नगरपालिका– ४ स्थित प्रहरी चौकीको प्रांगणबाट आइतबार देखी ग्याँससहितको चुल्हो सेट बितरण कार्यक्रम सुरु भएको हो ।
ग्याँस सिलिण्डर चुल्हो सेट बितरण कार्यक्रम बुधवार पनि जारी रहेको छ। नगरसभाबाट पारित कार्यक्रम अनुसार नगरको प्रत्येक घर परिवारलाई पुग्ने गरी लगभग ८ हजार ग्याँस चुल्हो सेट बितरण गर्ने योजना र कार्यक्रम बितरण भईरहेको परोहाका प्रमुख प्रशासकीय अधिकृत महमद महफुज अहमदले बताएका छन्।
‘चुनावमा प्रतिबद्धता गरेको थिए ,त्यहि प्रतिबद्धता पुरा गर्न लागि परेको छु । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परीवारका महिलामा श्वास प्रश्वास जस्ता रोगको जोखिम रहेको भन्दै धुवाँ मुक्त नगर बनाउने चुनावमा गरेको प्रतिबद्धता अनुसार ग्याँस सहितको सिलिण्डर तथा चुल्हो सेट बितरण कार्यक्रम आयोजना गरिएको हो,’ मेयर शेख वकिलले भने ।
नगरका हुनेखाने परिवारको पहिले देखि नै ग्याँस चुल्होसम्म पहुँच भएतापनि अति गरीब बिपन्न तथा दलित परिवारमासमेत नगरपालिकाद्वारा पहुँच बनाएपछि उनीहरू निकै खुसी भएका छन्। परोहा नगरपालिकामा नेपाली कांग्रेसको टिकटबाट दोस्रो पटक मेयर बनेका शेख वकिलको सक्रियतामा पहिलो कार्यकाल मै गाउँगाउँमा कालोपत्रे बाटो, ढलान देखी बाटोको दुबै तर्फ वृक्षारोपण जस्ता महत्वपूर्ण कामहरू भएको छ।
जिल्लाको १८ पालिकामध्ये अधिकांसमा बजेट कै भागबन्डाको विषय लिएर जनप्रतिनिधि बिच पटक पटक बिवाद हुँदै आएको छ। तर परोहाका मेयर शेख वकिलको सुझबुझले नगरमा बजेट अथवा अन्य कुनै बिषयमा जनप्रतिनिधि बिच कहिलै मनमुटाव समेत नभएको स्थानीयहरुले बताएका छन्।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


